Monday 25 July 2016

लक्ष्यको रक्षा

एउटा कछुवा थियो, अनि सबैलाई थाहा भएझै एउटा खरायो। खरायोले कछुवालाई संसद, राजनीतिक मंच र प्रेसवार्तामा चुनौती दियो, "यदि अगाडि बढ्ने यतिकै तागत छ भने मभन्दा पहिले लक्ष्यमा पुगेर देखाउ।"

दौड शुरु भयो। खरायो दौड्यो, कछुवा पनि आफ्नै तालमा सुस्तरी दौड्न थाल्यो।

सबैलाई थाहा भएझै खरायो रूखमुनि आराम गर्न थाल्यो। उसले पत्रकारहरूलाई भन्यो, "म राष्ट्रका समस्याहरूप्रति गम्भीर चिन्तन गर्दैछु, किनकि मलाई चाडै लक्ष्य भेट्नु छ।" यति भनेर ऊ निदायो।

कछुवा चाहि बिस्तारै बिस्तारै आफ्नो लक्ष्यनिर पुग्नथाल्यो।

जब खरायो बिउँझियो, उसले खरायो अगाडि पुगिसकेको देख्यो। उसले हार्ने पक्का थियो। बदनाम हुने डर त छँदै थियो। खरायोले तुरुन्तै आपातकाल घोषणा गर्यो।

उसले आफ्नो बयानमा भन्यो, "प्रतिगामी पिछडिएका तथा कंजरभेटिभ (रुढिवादी) ताकतहरू अगाडि बढिरहेका छन्। यिनीहरूबाट देशलाई बचाउनु जरुरी छ।"

अनि लक्ष्य भेट्नु अघि नै कछुवालाई समातेर जेलमा हालियो।

सत्याग्रहमा प्रकाशित शरद जोशीको लघु कथाको नेपाली अनुवाद 

अवसर र आरक्षण


एउटा घोडा र गधाबीच चर्काचर्की चलिरहेको थियो । घोडा भन्दैथियो, “त कुद्न सक्दैनस् भनेर मालिकसँग मेरो नि गोडा बाँधिदिन भन्न गइस् हैन ?” 

“गजब छ, बाँदरले आफ्नो घर नि नबनाउने अरुलाई नि घर बनाउन नदिने । कस्तो अचम्म ? आफू पनि त केही गर, कति अरुको आरिस गर्छस् ।”

गधाले भन्यो , “त्यसो कहाँ हो र, मलाई चाहिं सधैं भारीमात्र बोकाउने अनि तिमीलाई चाहिं सधैं मिठोमसिनो खुवाउँने ?”

“आखिर परिश्रम त म धेरै गर्छु नि तिमी भन्दा। मैले मलाई नि मेरो श्रम अनुसार न्याय पाउँनुपर्छ भनेको मात्र हो ।”



दूई गधाबीच चर्काचर्की चलिरहेको थियो । अगाडिका दूवै खुट्टा बाँधिएको गधा तन्दुरुस्त थियो । अनि लुते गधा चाहिं फुकेको गोरु झै अट्टहास गर्दै, जेलिएको, बन्धनमा जकडिएको गधालाई चिढाउँदै थियो,“हेर्न, म त घोडा पो हो त, सामथ्र्यमा कहाँ सक्छस् त मसँग ।”

अनि आफू उच्च नस्ल भएको दम्भमा रमाउँदै अर्को लुते तर फुकेको गधासँग भलाकुसारी गर्दै भन्दै थियो, “हेर्न, हामी घोडासँग त्यस गधाले नसकेपछि मालिकसँग हाम्रा नि गोडा बाँधिदिन भन्छु पो भन्छ बा ।”

“गजब छ , बाँदरले आफ्नो घर नि नबनाउने अरुलाई नि घर बनाउन नदिने । कस्तो अचम्म ?”

अर्को दिन मालिककहाँ बधुँवा गधाले पुगी बिन्ति बिसाएछ , “मालिक, मेरो पनि गोडा फुकाईपाउँ, यी दुई गोडा कुजिँन आटिसके, यिनको उपयोग नगरे म कसरी अगाडि बढ्न सक्छु र ?”

केहि दिन पश्चात् , फेरि आमने सामने भएछन् ती तीन गधा । यसपालि आफूलाई घोडा र उच्च नस्लका ठान्ने, सदा फुकेका गधाले यसो भनेछन् , “खै प्रतिस्पर्धा त बराबरबीच पो हुन्छ । कहाँ हामी लुते, कहाँ त्यो अजंगको सांढे ।”
“हामीलाई त अलिक बढि खाना चाहिन्छ , अनि पो हामी नि त्यो सांढेझै हुन्छौ त ।”