हिलाम्मे छन् गह्राहरु ,
बग्दैछ पानीको भेल ,
भिज्दैछ सारा संसार ।
उता असारे झरीमा चुहाउँदैछन् पसिना ,
छपछपे हिलो सम्याउँदै चौकीमा सवार हरिया
र जुवामा जोतिएका कैला र गोला ।
यता हलोको पछि पछि दगुर्दैछ
हरियाको छोरो मंगला ,
गर्दै काग र बकुल्लासँग प्रतिस्पर्धा ।
भ्याई नभ्याई छ उसलाई ,
चौकीको हरेक सम्याइसँगै
सतहमा देखिने माछा र गंगटा टिप्न ।
जसो भरिन्छ डेली ,
आलीमा राखेको बाल्टिनमा
खन्याउछ मंगला आफ्नो खजाना ।
जबजब खन्याइन्छन् माछा र गंगटाहरु ,
तबतब शुरु हुन्छ
वाकयुद्ध बुद्धिमत्ता र मूर्खताको ।
गंगटाका खर्याकखुरुकका अगाडि ,
मूर्ख ठहरिन्छन् मूक माछाहरु
र बुद्धिमान दरिन्छन् दरिला गंगटाहरु ।
अनि आफ्नो मूर्खतादेखि दिक्क भई
बाल्टिनबाट बाहिर
फाल हाल्छन् माछाहरु ।
बुद्धिमान गंगटाहरु एक आपसमा
फेरि को सर्वोत्तम भनी गर्छन् विवाद ।
बाल्टिन बाहिर पाइला सार्न खोज्नेको
झुण्डन्छन् खुट्टामा
र बजार्छन फेरि एक अर्कालाई
बाल्टिनकै पींधमा ।
त्रिशंकु
१७ माघ २०७०, काठमाडौं
बग्दैछ पानीको भेल ,
भिज्दैछ सारा संसार ।
उता असारे झरीमा चुहाउँदैछन् पसिना ,
छपछपे हिलो सम्याउँदै चौकीमा सवार हरिया
र जुवामा जोतिएका कैला र गोला ।
यता हलोको पछि पछि दगुर्दैछ
हरियाको छोरो मंगला ,
गर्दै काग र बकुल्लासँग प्रतिस्पर्धा ।
भ्याई नभ्याई छ उसलाई ,
चौकीको हरेक सम्याइसँगै
सतहमा देखिने माछा र गंगटा टिप्न ।
जसो भरिन्छ डेली ,
आलीमा राखेको बाल्टिनमा
खन्याउछ मंगला आफ्नो खजाना ।
जबजब खन्याइन्छन् माछा र गंगटाहरु ,
तबतब शुरु हुन्छ
वाकयुद्ध बुद्धिमत्ता र मूर्खताको ।
गंगटाका खर्याकखुरुकका अगाडि ,
मूर्ख ठहरिन्छन् मूक माछाहरु
र बुद्धिमान दरिन्छन् दरिला गंगटाहरु ।
अनि आफ्नो मूर्खतादेखि दिक्क भई
बाल्टिनबाट बाहिर
फाल हाल्छन् माछाहरु ।
बुद्धिमान गंगटाहरु एक आपसमा
फेरि को सर्वोत्तम भनी गर्छन् विवाद ।
बाल्टिन बाहिर पाइला सार्न खोज्नेको
झुण्डन्छन् खुट्टामा
र बजार्छन फेरि एक अर्कालाई
बाल्टिनकै पींधमा ।
त्रिशंकु
१७ माघ २०७०, काठमाडौं
No comments:
Post a Comment